आमाले ७ वर्षीय छोरीमाथि निर्घात कुटपिट गरिरहन्छिन्, बुवा भिडियो खिच्नमै व्यस्त !

काठमाडौँ । भारतको जम्मू कश्मीर स्थित कठुआमा एक बालिकामाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सोसल मिडियामा सार्वजनिक भएको छ ।

भिडियोमा एक आमाले आफ्नै ७ वर्षीय छोरीलाई निर्घात कुटपिट गरेको देखिएको छ । बालिकाले रोएर आमालाई आफुमाथि कुटपिट नगर्न आग्रह गरि रहेकी छिन् ।

भिडियो अनुसार छोरीमाथि आमाले कपालमा समातेर घिसारेर उनको पिठ्युँमा प्रहार गरेकि छन् । उन्नले छोरीलाई चप्पलले समेत हिर्काएको देखिन्छ । अहिले बालिकाले बुवालाई पनि बोलाउँछिन् तर बुवा भने घटनाको भिडियो खिच्न व्यस्त रहेका छन् ।

भारतीय संचार माध्यमका अनुसार भिडियो भाइरल भएपछि पुलिसले मुद्दा दर्ता गरेर बालिकाको आमा–बुवालाई पक्राउ गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?