काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २ सय ७३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।
कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै आइतबारबाट उम्मेदवारहरु चुनाव प्रचार अभियानमा केन्द्रित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया