अनुहारको चाउरी हटाउने घरेलु उपाय

एजेन्सी । सुन्दरता कसलाई मनपर्दैन र ! कतिपयलाई प्राकृतिक सुन्दरता नै उत्कृष्ट लाग्छ । त कतिलाई आधुनिक बजारका सौन्दर्य प्रसाधनको प्रयोग गरी सुन्दर बन्ने गर्छन् । सुन्दर बन्नको लागि अनुहारको चायाँ र चाउरी हटाएर मात्र पुग्दैन । समग्र शरीर स्वस्थ हुन आवश्यक हुनुपर्दछ । शरीरको भित्री मांशपेसीहरु भरिलो र पोषिलो भयो भने बाहिरी छाला स्वतः भरिलो हुन्छ, स्वस्थ बन्छ । जसको लागि प्राकृतिक जीवन जिउनु उपयुक्त हुन्छ कि त प्राकृतिक खानपानमा ध्यन दिनुपर्दछ अनुहारमा चमक ल्याउन र चाउरीपन हटाउन कुनै पनि सौन्दर्य श्रृंगारगृह गइरहनुपर्छ भन्ने छैन । हामी, हाम्रै घरआँगनको प्राकृतिक सौन्दर्य प्रसाधन तथा पोषण तत्वको खाद्यपूरक वारे अनभिज्ञ छौं । धेरै नेपालीको घरघरमा पाइन्, देखे जानेको एलोभेरा अर्थात घिउकुमारी नै सुन्दर त्वचा र अनुहारको चाउरीपन हटाउने सौन्दर्य प्रसाधन मात्र होइन विभिन्न रोगको प्रतिरोधी चामत्कारिक खाद्यपूरक समेत भएको खाद्यविज्ञहरुको दाबी छ एलोभेरा (घिउकुमारी) ६० देखि १ सय सेन्टिमिटर अग्लो रसदार बिरूवाको प्रजातिमा पर्छ । यसको उत्पत्ति एशिया र आफ्रिकाको सुक्खा क्षेत्रहरूमा भएको थियो, तर हाल संसारैभरी पैmलिएको छ । यसका पातहरू बाक्ला र गुदियुक्त हरियो वा खैरो मिश्रित हरियो रंगका हुन्छन्, जसमा बाक्लो लेदो (जेल) जस्तो पदार्थ हुन्छ । पातका किनारहरूमा साना सेता दाँती भएका धारहरू हुन्छन् । गाउँघरमा छिप्पिएको पातभित्रको गुदीलाई घिउसँग मिसाएर पोलेको घाउमा लगाउने चलन छ । कतिपयले एलोभेराको गुदीलाई अनुहारमा दलेर फेसवासको रुपमा प्रयोग गर्ने समेत गरेको पाइन्छ पौष्टिक खाद्य वस्तु, जडिबुटीजन्य औषधि र सौन्दर्य प्रसाधनका रूपमा एलोभेरालाई ईश्वी सम्बत्को पहिलो शताब्दीको प्रारम्भदेखि नै प्रयोग गर्न थालिएको अभिलेख छ । यसमा निहित पीडा न्यूनीकरण गर्ने, रोगहरू निको पार्ने र कोषहरूको पुनर्निर्माण गर्ने तथा प्रतिकूल प्रभाव वा साइड इफेक्ट नहुने गुणहरूले गर्दा नै वैकल्पिक चिकित्सा प्रणालीहरूले यसको व्यापक प्रयोग गर्ने गरेका छन् । यसमा बहुभिटामिनहरू, खनिज पदार्थहरू लगायतका २ सयभन्दा धेरै क्रियाशील पदार्थहरू हुनाले यो पोषण र विभिन्न औषधीय गुणयुक्त चामत्कारिक खाद्य पूरक बनेको हो घिउकुमारी –एलोभेरामा मेक्रोन्युट्रियन्टस् (बृहद्पोषकहरू) : कार्बाेहाइड्रेट, वनस्पतिजन्य स्टेरोलहरू, एमिनो एसिडस् आदि, माइक्रोन्युट्रियन्टस् (सुक्ष्मपोषकहरू) : भिटामिन ए, बी१, बी२, बी३, बी६, बी१२, सि र इ, तथा फोलिक एसिड, फलाम, केल्सियम, मेग्नेसियम, जिङ्क, क्रोमियम, सेलेनियम, तामा, मेङ्गानिज, सोडियम आदि, फाइटोकेमिकल्स (वनस्पतिजन्य यौगिकहरू) : पोलिसेक्राइडस्, एन्टिअक्सिडेन्टस्, मात्राज, एन्थ्राक्विनोनस्, सि–ग्लाइकोसाइडस्, एन्थ्रोन्स, विविध प्रकारका लेक्टिन आदि तत्वहरु सक्रिय पाइन्छ एलोभेरा (घिउकुमारी) को फाइदाहरू

  • शारिरिक प्रक्रियालाई सुगठित र क्रियाशील बनाउँछ ।
  • कोषलाई निर्विषीकरण गर्छ तथा काटेका र पोलेका घाउको पीडा कम गरी निको पार्न मद्दत गर्छ ।
  • तागत दिन्छ र शरीरको रोग प्रतिरोध क्षमता बढाउँछ ।
  • दुखाई, ज्वरो र तनावलाई न्यूनीकरण गर्छ ।
  • पाचन प्रक्रियालाई सुदृढ पार्छ र मधुमेहको उपचार तथा रोकथाम गर्न मद्दत गर्छ ।
  • कोलेस्टेरोल र मुटु रोगको जोखिम न्यूनीकरण गर्छ ।
  • छाला, यौन अंग र आँखाका रोग र संक्रमणहरू विरूद्ध लड्न र तिनीहरूलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • छालालाई सुन्दर बनाउन र चाउरी हटाउन सहयोग गर्छ ।

एलोभेरा (घिउकुमारी) प्रयोग गर्दा अपनाउनुपर्ने सवाधानीगर्भवती, रजस्वलाको अवस्थामा, रक्तश्राव भइरहेको बेला, कलेजो र पित्ताशयमा समस्या भए एलोभेरा सेवन नगर्नु उचित हुन्छ । प्रत्येक व्यक्तिको विशेषता र प्रकृति अलग अलग हुनेहुनाले सेवन गर्ने क्रममा एलोभेराको मात्रा स्वतः निर्धारण हुने भए पनि सावधानी र मात्राका लागि विज्ञ–चिकित्सक–खाद्यपूरक विशेषज्ञसित परामर्श गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?