आफताव आलमको प्रहरीसँग यस्तो भनाभन, हत्कडी लगाएर यसरी ल्याइयो काठमाडौँ

आलमः म रौतहट कारागारमै बस्छु, अन्त जान्नँ ।
प्रहरीः तपाईँलाई अरु नै कारागारमा राख्ने आदेश छ ।
आलम (झर्किँदै): म अन्त जान्नँ ।
प्रहरीः तपाईँलाई काठमाडौँको कारागार लैजाने निर्णय भइसकेको छ ।
आलमः कुन कारागार लाने कुरा छ ? डिल्ली बजार कि अन्तै ?
प्रहरीः डिल्लीबजार होइन, नख्खु ।
आलमः निकै टाढा छ कि क्या हा ?
प्रहरीः छैन, नजिक छ ।
जिल्ला अदालत रौटहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताव आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो ।
त्यसक्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन् ।
काठमाडौँ नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर काठमाडौँ पठाइएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । टोली ७ घण्टापछि शनिबार बिहान ४ बजे ललितपुरस्थित नख्खु कारागार आइपुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?