सचिवको सरुवा तथा पदस्थापन

सरकारले विभिन्न निकायमा कार्यरत केही सचिवको सरुवा गरेको छ भने एकको पदस्थापना गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा र पदस्थापन गरेको हो । जसअनुसार प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
प्रदेश २ मा भने केही समयअघि सचिवमा बढुवा भएका रामकृष्ण सुवेदीलाई पदस्थापन गरिएको खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?