२०७८,श्रावण,९,शनिवार

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफको विदेशमा उपचार अझै अन्यौलमै

२०७६,कार्तिक,२९,शुक्रवार २१:३५


इस्लामाबाद । स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहनु भएको छ । पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो । नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा हुनुहुन्थ्यो ।

पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि प्रतिबन्ध नलगाउने घोषणा गरेको थियो ।

तर, यसै साता प्रधानमन्त्री इमरान खानको सरकारले नवाज शरिफको यात्राका सम्बन्धमा नयाँ शर्त अघि सारेको छ । इमरान सरकारले नवाजले करिब सात अर्ब पाकिस्तानी रुपैया अर्थात् करिब ४ करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा जम्मा गर्नुपर्ने पूर्वशर्त राखेको छ ।

सरकारको उक्त आदेशलाई नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले तत्कालै अस्वीकार गरेको छ । नवाज शरिफका निजी चिकित्सक अदनान खानले शुक्रबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेकाले तत्कालै उपचारको व्यवस्था नभए जेसुकै हुनसक्ने बताउनुभएको छ ।

पिएमएल–एन पार्टीका नेता शाहबाज शरिफले उपचारमा ढिलाई भएर पूर्व प्रधानमन्त्री शरिफलाई तलमाथि केही भएमा त्यसको जिम्मेवारी प्रधानमन्त्री खानले लिनुपर्ने चेतावनी दिनुभएको छ ।

प्रकाशित मिति: २०७६,कार्तिक,२९,शुक्रवार २१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रवार

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश

भारत । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार

भारत । राज कुन्द्रा र अभिनेत्री शिल्पा सेट्टिलाई अर्को झट्का लागेको छ । शिल्पा र राजको सुन कम्पनी (गोल्ड कम्पनी)

ताजा समाचार

ओली इतिहासमै नराम्ररी पछारिए : प्रचण्ड
 २०७८,श्रावण,९,शनिवार १२:२०
महन्थ ठाकुर र विप्लवबीच भेटवार्ता
 २०७८,श्रावण,९,शनिवार १२:०५
तनावमा प्रचण्ड, बढ्यो दौडधुप
 २०७८,श्रावण,९,शनिवार ११:३७
पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,९,शनिवार ११:१०
मिथिलामा गुरुपूर्णिमा पर्व मनाइँदै
 २०७८,श्रावण,९,शनिवार ११:०६