२९ कार्तिक २०७६, शुक्रबार २१:३३

स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन


प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार २१:३३

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य आज सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको थियो । यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता गराए पनि ती उजुरी बदर गरेको र मनोनयपत्र पत्र सदर गरिएको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक : पुस १५ भित्रै महाधिवेशन कार्यतालिका ल्याउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठलले पुस १५ भित्रै कार्यतालिका

नेकपा स्थायी समितिको बैठक : प्रचण्डले गरे राजनीतिक प्रतिवेदन पेश, भोलि फेरि बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी सहितिको बैठकमा अध्यक्ष पुष्मकमल दाहाल

कांग्रेसमा महाधिवेशनको बहस : आ-आफ्नै अडानमा नेताहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता

उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव छैन : मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास