गुण्डा नाइके बाघे फेरि पक्राउ

काठमाडौं । निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा पक्राउ परेका गुन्डा नाइके बाघे फेरि पक्राउ परेका छन् ।

जिल्ला अदालत, काठमाडौंले उनीसहित २४ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएपनि रिहालगत्तै फेरि प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार उनीहरुसँग अदालतले ३६ लाख रुपैयाँ धरौटी मागेको थियो ।

तर, उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्ने भएकाले प्रहरीले पुनः उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुलाई इँटा, गिट्टी, बालुवा र ढुंगामा ठगी गरेको अभियोगमा समातेको थियो ।

उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिणाम कम गरेर बेच्ने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?