नेकपा बागलुङका दुई नेतामाथि कारवाही

काठमाडौं । नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ । वाम गठबन्धनका उम्मेदवार शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिडेपछि पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई कारवाही गरिएको नेकपाले जनाएको छ ।

नेकपाले शुक्रबार तुलसीरामलाई पार्टी सदस्यबाट निलम्बन र दधिरामलाई पार्टी सदस्य नरहने गरी निश्कासन गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । अहिले पनि शेरमानको चुनाव चिह्न टोपी बनाएर प्रचार प्रसारमा लागेपछि निश्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उम्मेदवारी फिर्ता लिने दिन ढिलो पुगेपछि प्राविधिक कारण घर्तीको चुनाव चिह्न मतपत्रम यथावत रहेको छ । घर्तीले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नरहेको भन्दै नेकपा समर्थित बामपन्थी उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन गरेका बताएका थिए । शाही राष्ट्रिय जनमोर्चाको गिलास चिह्नबाट उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?