उद्योगी रुप ज्योति रिहा

काठमाडौं । ठगी अभियोगमा हिरासतमा परेका उद्योगी रुप ज्योति रिहा भएका छन् । उनलाई नियमित हाजिर गर्ने गरी सरकारी वकिलको कार्यालयले तत्काल थुना मुक्त गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । ल्याण्डमार्क हाउजिङमा भएको गठीको आरोपमा प्रहरीले ज्योतिसँगै उनको छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरेको थियो ।

यस्तै उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी काठमाडौंलाई पत्राचार गरेको हो ।

ज्योति विगत ८ दिन देखि ठगीको आरोपमा प्रहरी हिरासतमा रहँदै आएका छन् । बिहीबार मात्रै सरकारी वकिलको कार्यालयले प्रहरीले पेश गरैको फाइल प्रहरीलाई नै फिर्ता पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?