नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं । नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न शुक्रबार अदालतले आदेश छ । जिल्ला अदालत, काठमाडौमा हाजिर गर्न पुगेकि पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाडन् आदेश दिएको छ । निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।

पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् । पोखरेल र निर्माता ओझाको डिभोर्स प्रक्रियामा छविकी जेठी श्रीमती हेमा ओझाले गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । पछि गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो । वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?