उद्योगी रुप ज्योतिलाई नियमित हाजिरीमा छाड्न आदेश

काठमाडौं । ठगी अभियोगमा हिरासतमा परेका उद्योगी रुप ज्योतिलाई छाड्न आदेश दिएको छ । उनलाई नियमित हाजिर गर्ने गरी सरकारी वकिलको कार्यालयले तत्काल थुना मुक्त गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ। ल्याण्डमार्क हाउजिङमा भएको गठीको आरोपमा प्रहरीले ज्योतिसँगै उनको छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरेको थियो ।

यस्तै उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी काठमाडौंलाई पत्राचार गरेको हो ।

ज्योति विगत ८ दिन देखि ठगीको आरोपमा प्रहरी हिरासतमा रहँदै आएका छन् । बिहीबार मात्रै सरकारी वकिलको कार्यालयले प्रहरीले पेश गरैको फाइल प्रहरीलाई नै फिर्ता पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?