क्यालिफोर्नियाको विद्यालयमा गोली चल्दा ५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीले कम्मरमा पेस्तोल बोकेर विद्यालय गरेको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गोली चलाएको प्रहरीले बताएको छ । साथीमाथि गोली चलाएपछि उनले आफूमाथि पनि गोली चलाएका थिए । लस एन्जल्सका एक अधिकारीले गोली चलाउने नथानेल बेर्हो नामका विद्यार्थीको अवस्था पनि गम्भीर रहेको बताएका छन्।

बिहान कक्षा सुरु हुनुभन्दा अघि नै उनले गोली चलाएको र गोली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भागेका स्थानिय संचार माध्यमले जनाएका छन् । विद्यार्थीबीचको आपसी झगडाका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?