प्रधानमन्त्री सचिवालयका २ को राजीनामा अस्वीकृत

प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत भएसँगै उनीहरु पदमुक्त भएका छन् ।

राजीनामा स्वीकृत हुनेमा प्रेश सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रह‍ेका छन् । अर्यालसहित ६ जनाको राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयका सवै ११ सदस्यलाई सामुहिक राजीनामा गर्न लगाएका थिए ।

यस्तै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ । यसको अर्थ हो रिमाल र भट्टराई प्रधानमन्त्री ओलीको रोजाइमा परेका छन् । त्यसैले उनीहरुले सचिवालयमा निरन्तरता पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?