विभिन्न १२ वाणिज्य बैंकहरुको सम्पती विवरण सार्वजनिक, कस्को नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बिभिन्न १२ वटा वाणिज्य बैंकहरुले आफ्नो वित्तिय विवरणहरु सार्वजनिक गरेका छन् । सम्पती विवरण सार्वजनिक गर्नेमा एभरेष्ट बैंक,कृषि विकास बैंक,ग्लोबल आइएमई बैंक,प्राइम कमर्सियल बैंक,प्रभु बैंक,सानिमा बैंक, नेपाल बैंक लिमिटेड,सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी बिकास बैंक, सनराइज बैंक, जनता बैंक, सिटिजन्स बैंक आदि रहेका छन् । यी बैंकहरुको वित्तिय विवरण सार्वजनिक हुँदा धेरै बैंक तीन महिनाको अन्तरालमा नाफामा रहेका छन् भने केहि बैंकहरु भने अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा कम भएको पाइएको छ ।

कृषि विकास बैंकले चालु आर्थिक तीन महिनामा ६० करोड ७३ लाख नाफा गरेको छ । गत वर्ष बैंकले ५५ करोड १४ लाख नाफा गरेको थियो । यसलाइ मुल्यांकन गर्दा गत वर्षभन्दा यस बर्ष १० दशमलव १३ प्रतिशतले नाफा बढाएको पाइएको छ ।

चालू वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकले ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा ५८ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २७।२४ रुपैयाँ छ। उक्त रकम गत आवको सोही अवधिको तुलनामा १३.३८ प्रतिशतले बढी हो ।

त्यस्तै प्रभु बैंकले चालू आर्थिक वर्षको तीन महिना अर्थात पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष यो अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो। साथै बैंकले गत आवको सोही अवधिको तुलनामा ५.०१ प्रतिशतले नाफामा सुधार गरेको पाइएको छ ।

त्यस्तै सानिमा बैंक लिमिटेडले आर्थिक वर्षको पहिलो तीन महिनामा ५९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो वर्ष ५१ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो।

अन्य बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा बृद्धि भएको छ भने नेपाल बैंक लिमिटेडको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासिक अवधिमा ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। यसलाइ हेर्दा अघिल्लो भन्दा यो आवको पहिलो तीन महिनामा नाफामा ४० प्रतिशतले गिरावट आएको छ।

यस्तै सिद्धार्थ बैंकले चालू आवको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसले ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

साथै चालु आर्थिक वर्षको असोज मसान्तसम्म सनराइज बैंकले ४५ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको यहि अवधीमा ३३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। यसलाइ हेर्दा बैंकले ३७ प्रतिशतले नाफा वृद्धि गरेको छ।

त्यस्तै अर्को वाणिज्य बैंक सिटिजन्स बैंकले भने नाफा घटाएको छ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा ३४ करोड ९१ लाख नाफा आर्जन गरेको छ । साथै बैंकले गत वर्ष ४२ करोड ८८ लाख नाफा आर्जन गरेको थियो । गत वर्ष भन्दा यस बैंकले नाफा घटाएको छ ।

त्यस्तै जनता बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो आवमा ३२ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले अघिल्लो वर्षका तुलनामा १३.७९ प्रतिशतले नाफा बढाएको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वित्तीय विवरण प्रकाशन गर्ने बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक परेको छ ।ग्लोबल आइएमईले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको पहिलो तीन महिनामा ५३ करोड रुपैयाँ नाफा कमाएको थियो। उक्त रकम गत आवको सोही अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो ।

साथै यस आर्थिक वर्षको पहिलो तीन महिनामा एभरेष्ट बैंकले ६९ करोड ८ लाख खुद नाफा गरेको छ । गत वर्षको यसै अवधीमा उक्त बैंकले ६३ करोड ३३ लाख नाफा गरेको थियो। यसलाइ आंकलन गर्दा गत वर्षभन्दा यस बैंकले ९ प्रतिशतले नाफा बढाएको छ ।

त्यस्तै आफ्नो सम्पती विवरण सार्वजनिक गर्ने अर्को वाणिज्य बैंक लक्ष्मी बैंक हो । बैंकले चालु आवको पहिलो तीन महिनामा ४० करोड १९ लाख ५० रुपैयाँ नाफा गरेको छ । साथै बैंकले गत आर्थिक वर्षकोि सोही अवधिमा ३० करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?