काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
मन्त्रिमण्डल पुनर्गठनबारे अन्तिम निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउनुभएको हो ।
बैठकमा नयाँ मन्त्री क–कसलाई बनाउने भन्ने बारे छलफल गरि निर्णय लिने बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सचिवालयमा रहेका अधिकांश नेताहरु बैठकमा सहभागी भएपनि बालुवाटारले यसलाई अनौपचारिक बैठक भन्न चाहेको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गर्नुभएको थियो । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गर्नुभएको थियो ।
बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले बिदा पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया