अमेरिकाको हवाईमा मिसाइल आक्रमणको गलत सन्देशले हंगामा

होमोलुलु, ३० पुस । अमेरिकाको हवाई राज्यमा मिसाइल हमला हुन लागेको र सकर्त रहन भन्दै म्यासेज गएपछि हंगामा मच्चिएको छ मिसाइल आक्रमणको गलत सूचनाले तनाव दिएपनि हवाई राज्यका गभर्नर डेभिड इगेइले क्षमा मागेका छन् । उनले एकजना कर्मचारीले आफ्नो काम सकिने बेला गलत बटन थिच्न पुग्दा गलत सूचना प्रवाह हुन पुगेको भन्दै क्षमा मागेका हुन् क्षेप्यास्त्र हमला हुँदैछ, सतर्क रहनु भन्ने सन्देश गलत भएको घोषणा गर्नअघि त्यहाँका बासिन्दा तनावमा परिसकेका थिए मोबाइल फोन प्रयोगकर्ताहरूले हवाईमा ब्यालिष्टिक क्षेप्यास्त्र हमला हुन लागेको भन्दै सतर्कता सन्देश पाएका थिए । अमेरिकाको संघीय सञ्चार आयोगले त्यसबारे पूर्ण अनुसन्धान थाल्ने जनाएको छ उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहेका बेला हवाई नजिक रहेकोले त्यहाँ पनि परीक्षण गर्न सक्ने सम्भावनाका कारण त्यहाँ सतर्कता प्रणाली राखिएको छ गत महिना हवाई राज्यले शीतयुद्धको अन्त्यपछि पहिलोपटक परमाणु हमला हुन लागे त्यसबारे सतर्क गराउन आवाज दिने प्रणाली परीक्षण गरेको थियो । सन्देश बिहानको ८ बजेर ७ मिनेटमा पठाइएको थियो त्यसको १८ मिनेटपछि सो सन्देश गलत भएको इमेल पठाइएको थियो । तर मोबाइलमै सन्देश भने अर्को ३८ मिनेटसम्म नपठाइएको बताइएको छ । हवाई राज्यको आपतकाल व्यवस्थापत संस्थाले सो गल्ती ४० मिनेटपछि सच्याएको थियो टेलिभिजन र रेडियोले पनि घर भित्रै बस्ने सन्देश दिँदै आफ्ना प्रशारणहरू बन्द गरेका थिए सतर्क रहन आएको सो सन्देशपछि केही मानिसहरु गल्लीमा भागेका थिए भने केहीले घरको सुरक्षित कोठामा बस्ने बन्दोबस्त मिलाएका थिए गभर्नरले त्यस्ता गल्ती नदोहोरिऊन् भन्नका लागि कदमहरू चालिसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?