बामदेवको प्रधानमन्त्री बन्ने चाहना, ओलीले गरे यस्तो प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो अफर आएपनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन गरेको छैन ।
मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रियसभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रुपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले जनाएको छ ।
एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नुअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए ।
तर गौतमले भने संविधान संशोधन गरेरै भएपनि आफूलाई प्रधानमन्त्री बन्न समेत सहज हुने बाटो बनाइदिने आग्रह गरेका छन् । कान्तिपुरले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?