बंगलादेशका राष्ट्रपति हमिद र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार भेटवार्ता भएको छ ।

सभापति देउवाले बुधबार दिउँसो होटल म्यारिएटटमा पुगेर बंगलादेशका राष्ट्रपति हमिदसँग भेटवार्ता गर्नु भएको हो ।

भेटवार्तामा नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउने लगायतका विषयमा छलफल भएको सभापति देउवाले जानकारी दिनुभएको छ । उहाँले हमिदको नेपाल बसाइ सुखद रहोस् भन्ने कामना पनि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?