भारतको हेपाहा प्रवृत्तीको उपज सिमा अतिक्रमण : चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भूभाग भारतीय नक्सामा समावेश गरिनु भारतको विस्तारवादी नीति रहेको जनाउनुभयो ।

यसलाई कुटनीतिक तवरबाटै छलफल गरेर भारले नेपाली भूमिमाथि गरेको हस्तक्षेपको समाधान गर्नुपर्ने जनाउनु भएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपाल भूभाग अतिक्रमणका विरुद्धमा नेपालका सबै राजनीतिक दलहरुले मिलेर त्यसको विरोध गर्नु सकारात्मक भएको बताउनुभयो ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले भैरहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले राजनीतिक दलहरूले व्यक्तिगत स्वार्थका लागि राजनीति गर्दा छिमेकीले हेप्ने गरेको छ । जुनसुकै मूल्य चुकाएर भए पनि पुर्खाले आर्जेको नेपालको भूभाग फिर्ता पाउनुपर्ने र फिर्ता नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भनाइ रहेको छ ।

व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न राजनीति गर्ने र त्यसको लागि शक्ति राष्ट्रहरूको आशिर्वाद लिँदा विदेशीले हेपेको जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?