२६ कार्तिक २०७६, मंगलवार १५:२०

देशभर चिसो बढ्यो, यसो भन्छन मौसमविद


प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १५:२०

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।

मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको ।

“सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
देशभरि चिसो बढ्यो : काठमाडौंमा सिमसिमे वर्षा, हिमाली भेगमा भारी हिमपात हुनसक्ने

काठमाडौं-  बिहिबारबाट देशभरि चिसो बढेको छ । भूमध्य सागरको वायुको न्यूनचापीय प्रणालीको प्रभावका

मौसम पूर्वानुमान महाशाखाद्वारा सतर्क रहन आग्रह, कस्तो छ आगामी तीन दिनको मौसम ?

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू-भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम

मौसम पूर्वानुमान विभागका अनुसार आजदेखि मौसम बदलिने : भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट उच्च पहाडी तथा हिमाली भेगमा

उपत्यकाको तापक्रम घट्दो क्रममा

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ ।