‘अघोरी बाबा’की श्रीमति पक्राउ, यस्तो छ कारण

काठमाडौं । युट्यूब तथा सामाजिक सञ्जालबाट चर्चामा आएका ‘अघोरी बाबा’की श्रीमती पक्राउ परेकी छिन्  । ‘अघोरी बाबा’ को नामले परिचित विजय केसीकी श्रीमतीलाई महानगरीय प्रहरी वृत बौद्धको टोलीले नियन्त्रणमा लिएको हो ।

आफुलाई ‘अघोरी बाबा’को रुपले चिनाउने विजय केसीकी श्रीमती शारदा पाण्डेलाई ठगीको आरोपमा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत बौद्धका रमेश सिंहले जानकारी दिनुभयो।

केसी ‘लाइफ ड्यामेज’ बाबाको रुपमा परिचित छन्। पछिल्लो समय उनी शारदा पाण्डेसँगको विवाह गरेको कारण पनि चर्चामा आएका छन्। श्रीमती पाण्डेले विदेश पठाइदिने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनी श्रीमान बाबासगैँ सुन्दरीजलको एउटा कुटीमा बस्दै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?