सीमा अतिक्रमणबारे वार्ताका लागि भारत तयार

काठमाडौं । नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको भारतीय पक्षले वार्ताका लागि तयार भएको सन्देश पठाएको छ।

भारतको विदेश मन्त्रालयका सचिव विजय गोख्लेबाट छलफल गरौँ भन्ने जानकारी आएको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको बताउनुभएको छ।

सरकारले पनि भारतीय पक्षसँग यसबारे कूटनीतिक वार्ता अघि बढाउने काम थालिसकेको सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भूमि सुधार मन्त्री अर्यालले बताउनुभयो ।

‘लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्नेमा नेपाल एकमत छ। कानुनी हिसाबले वैधानिक बनाएर अगाडि बढाउन राष्ट्रिय एकताले ऊर्जा दिएको छ’, मन्त्री अर्यालले समिति बैठकमा प्रधानमन्त्रीका तर्फबाट भन्नुभयो, ‘यही ऊर्जासहित सरकारले भारतसँग वार्ताका लागि पहल सुरु गरिसकेको छ। भारतबाट सकारात्मक सन्देश पनि प्राप्त भएका छन्।’ समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उहाँ जानुभएको थिएन।

‘सन् १८२७ देखि १८५६ सम्ममा भारतले नै बनाएका नक्सामा समेत कालापानी र लिपुलेक समावेश गरेको तथ्य छन्’, उहाँले भनिन्, ‘सन् १८६५ मा भारतकै तर्फबाट प्रकाशित भएको थियो। कालापानी भारतले नै आफ्नोतर्फ पारेर नक्सा प्रकाशित गरेको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?