नेकपा सचिवालय बैठक : अनुशासन आयोगको अध्यक्षमा बोहरा, सल्लाहकार कमिटीमा बडाल चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरालाई केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा चयन गरेको छ।

बैठकले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने गरी विभिन्न केन्द्रीय निकायहरुको अध्यक्ष र सचिव चयन गरिएको बताएको छ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका दिएको जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने आफ्नो कार्यसूची बनाएकोमा केन्द्रीय निकायहरु गठन गर्ने कामले पूर्णता पाएको छ ।

जसअन्तरगत केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् ।

यस्तै जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् । यसबाहेक सांगठनीक एकीकरणको बाँकी काम प्रवास संगठनको बारेमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । केन्द्रीय आयोग गठनमा अनुशासन, लेखा परीक्षण र सल्लाहकार आयोग पूर्व एमालेको भागमा परेको छ भने निर्वाचन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?