कांग्रेसका प्रचार कार्यालय उद्घाटन, आजदेखि नै घरदैलो अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत आइतवार पोखराका विभिन्न स्थानमा सम्पर्क कार्यालयहरु उद्घाटन गरिएको छ ।

पोखरा ४, १६ र वडा नं १७ मा चुनावी प्रचार कार्यालय उद्घाटन गरिएको हो । पोखरा ४ मा संयोजक पूर्व मन्त्री यज्ञवहादुर थापा, वडा नं १७ मा पार्टी सभापति कृष्ण केसी र वडा नं १६ मा स्वयं उमेद्वार खेमराज पौडेलले प्रचार कार्यालयको उद्घाटन गरेका हुन् ।

वडा नं १६ मा आयोजित सभालाई सम्वोधन गर्दै उमेद्वार खेमराज पौडेलले देशको राजनीतिलाई सदाचार तर्फ उन्मूख गराउन आफ्नो उमेद्वारी भएको वताए । उनले यो चुनावमा आफूले जितेर सरकारमा कुनै फरक नपरेपनि भ्रष्टिकरणमा लागेको राजनीतिलाई गतिलो सन्देश सिकाउन सकिने वताए ।

उनले आफू उमेरले पाको भएपनि विचारले पाको नभएको वताउँदै जिन्दगी भरिको त्याग र तपस्या अनुसार पार्टीले विश्वास गरेर टिकट दिएको वताए । पौडेलले वर्तमान सरकारले जनहितमा काम गर्न नसकेको वताउँदै जनताले कांग्रेसलाई मतदान गर्ने विचार व्यक्त गरे ।

सो अवसरमा वोल्दै महासमिति सदस्य देवराज चालिसेले नेपालका ठूला काण्डहरु एनसेल, वाइडवडी, बुढी गण्डकी जस्ता अरवौंका भ्रष्टाचार विरुद्ध अव कास्कीका जनता एक हुने वताए । नेपाली जनताले बंशको राजनीति निको नमान्ने वताउँदै अरबौंका भ्रष्टाचार जोगाउने खेलको आफ्नो अभिमत मार्फत भण्डाफोर गर्ने वताए ।

वडा इकाई अध्यक्ष दीननाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य कुमार खड्का, नेता पदमसिंह गुरुङ, नारायणी तिमिल्सिना र सचिव वलराम आचार्यले वोलेका थिए ।
यसैगरी उमेद्वार पौडेलले लौह पुरुष गणेशमान सिंहको १ सय ५ औं जन्मजयन्तिको अवसरमा पोखराको नालाको मुखमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यारोपण गरि प्रचार अभियानको सुरुवात गरे । सो अवसरमा वोल्दै उनले गणेशमानको आदर्श वोकेर हिँडेको हुनाले पनि आफूलाई यो पटक जनताले विश्वास गर्ने वताए ।

क्षेत्र नं २ का सभापति माधवप्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कानूनमन्त्री यज्ञवहादुर थापा, नेता निर्मल कर्माचार्य र नेतृ गायत्री पराजुली लगायतले वोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?