कांग्रेसको प्रशिक्षण मंगलबारदेखि

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर ३ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई मंगलबारदेखि हेटौंडामा प्रशिक्षण हुने भएको छ । हेटौंडामा हुने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले बताएको छ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा महाधिवेशन प्रतिनिधिलाई पार्टीको नीति तथा भावी कार्यक्रम र संगठन विस्तारलगायत विषयमा प्रशिक्षण दिन लागिएको जनाइएको छ । प्रतिष्ठानको अध्यक्ष उपसभापति विमलेन्द्र निधि रहेका छन्।

यस भन्दा पहिले प्रतिष्ठानले गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र प्रदेश ३ का केही जिल्लामा प्रशिक्षण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?