राज्यमन्त्री रावलद्वारा राजीनामा, यस्तो छ कारण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्। ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्री भट्टसमक्ष राजीनामा बुझाएको पुष्टि गर्दै सरकारबाट सुविधावापथ पाएको सवारी साधनलगायत ‘ह्याण्डओभर’ गरिसकेको बताए। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको छ।

मन्त्री रावलविरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते मुद्दा दायर भएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले फरार अभियुक्तको रुपमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?