काठमाडौँ । बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सदरमुकाम लगेको छ । बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिएको हो ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारले चाहे उम्मेदवारी फिर्ता लिने समय थियो।तर समय सकिइसकेपछि घर्ती सदरमुकाम पुगेका छन्।

नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने निर्णय गरेको थियो। त्यसैले नेकपाबाट आधिकारिक उम्मेदवार थिएनन्। नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको छ। घर्तीले कात्तिक २१ गते (बिहीबार) बागी उम्मेदवारी दर्ता गराएका थिए। मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर घर्तीले उम्मेदवारी दिएका छन् ।
घर्ती १२ वर्षसम्म राष्ट्रिय जनमोर्चामा थिए। उनी बोबाङ गाविसका अध्यक्षसमेत भइसकेका नेता हुन्। घर्ती तत्कालीन माओवादी प्रवेश गरी २०७४ सालको स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए।

घर्तीलाई उम्मेदवारी फिर्ता गराउनलार्इ हेलिकप्टरबाट लगिएको थियो । तर उनीले उम्मेदवारी फिर्ता लिएन । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङ पुग्नलार्इ बुर्तीवाङबाट सडकबाट तीन घन्टा लाग्छ। उम्मेद्वारी फिर्ता लिने समय लाग्ने भएपछि नेकपाले घर्तीलाई हेलिकप्टरमा ल्याइएको थियो।
घर्तीले सुरुमा हेलिकप्टर चढ्नलार्इ मानेका थिएन। तर उ हेलिकप्टर चढेर बुर्तीवाङबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय त पुगे तर त्यतिञ्जेल उम्मेद्वारी फिर्ता लिने समय बितिसकेको थियो। यसअघि २०७४ सालमा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको पोहोर मंसिरमा मृत्यु भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया