२२ असार २०७९, बुधबार

दक्षिणसँग वार्ता हुन थालेपछि बोल्यो उत्तर कोरिया

२०७४,पुष,२९,शनिवार १६:१७

0
Shares

प्योङयाङ, २९ पुस – दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रकाशित एक लेखमा भनिएको छ, “अव उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ ।”सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई बर्षमा पहिलो पटक उच्च स्तरीय वार्ता भएको थियो । वार्तामा प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने बिषयमा केही सहमति भएको थियो । यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दावी छ उत्तर कोरियाली नेता किम जोङ–अनले नयाँ बर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गरेपछि वार्ता हुनसकेको हो शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका अर्को हप्ता छलफल हुने बताइएको सोलका एकिकरण मामिला मन्त्रीले बताए ।

प्रकाशित मिति: २०७४,पुष,२९,शनिवार १६:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन् । बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले

काठमाडौं । वर्षौँअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ । भर्जिनियाको योर्क नदीको

काठमाडौं । शिकागोको एक उपनगरस्थित हाइल्यान्ड पार्कमा कम्तीमा सात जनाको ज्यान लिने गरी भएको हमलामा दर्जनौँ राउन्ड गोली प्रहार गरिएका

काठमाडौं । शिकागोको उपनगरमा कम्तीमा सात जनाको मृत्यु र ३० जना घाइते हुने गरी भएको गोलीबारीका आक्रमणकारी आक्रमणपछि महिलाको भेषमा

ताजा समाचार

अरिङगालले टोकेर बालकको मृत्यु
 २०७९,असार,२२,बुधबार १८:४८
आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६