विद्यावारिधि समकक्षतामा कडाइ गर्दै त्रिवि

काठमाडौं – भारतका विवादित विश्वविद्यालयहरूबाट पिएचडी (विद्यावारिधि) को उपाधि लिनेहरूको संख्या ह्वात्तै बढेपछि त्रिभुवन विश्वविद्यालयले समकक्षतामा कडाइ गर्ने भएको छ। अबदेखि स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट पिएचडी गर्नेहरूले समकक्षता प्राप्त गर्न ‘इम्प्याक्ट फेक्टर जनरल’मा आर्टिकल छपाएकै हुनुपर्ने मापदण्ड बनाउने तयारीमा त्रिवि प्राज्ञिक परिषद् जुटेको छ। त्यसबारे राय संकलन गर्न परिषद्ले संकाय÷अध्ययन संस्थानहरूमा पत्राचार गरिसकेको छ। त्रिविको शिक्षक हुन पिएचडीधारीले आवेदन दिनासाथ थप १२ नम्बर पाउने भएकाले पनि विकृति मौलाएको प्राज्ञहरूको निष्कर्ष छ। त्रिविले पिएचडीको समकक्षता प्राप्तिका लागि निश्चित मापदण्ड तोके विकृति हट्ने विश्वास प्राध्यापकहरूले लिएका छन्।नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?