एक नेपाली महिला भारतीय प्रहरीद्वारा पक्राउ, यस्तो छ कारण

नेपालगञ्ज । बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।

एसएसबी ४२ आँंै बाहिनीका अनुसार, शङ्का लागेर सोधपुछ गर्दा दुवै महिलाले राईले खाडीमुलुक लैजान लागेको बताएका थिए । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६०० नेपाली रुपैयाँ, मोबाइल र नेपाली नागरिकता बरामद भएको एसएसबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?