२२ कार्तिक २०७६, शुक्रबार १६:४६

सर्वोच्चको नयाँ आदेशपछि ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १६:४६

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ ।

फौजदारी मुद्दामा पहिलो सुनुवाई हुँदा कुनै व्यक्ति हारेमा पनि त्यस्तो अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने यसअघिको फैसला अदालतले उल्ट्याएको छ । यही आधारमा नेता लुला तत्कालका लागि जेलमुक्त हुनसक्ने अड्कलबाजी गरिएका छन् ।

लुलाका वकीलहरुले पूर्व राष्ट्रपति लुलाको तत्काल रिहाईका लागि पहल गरिने बताएका छन् । लुलाका कानुन व्यवसायीहरुले जारी गरेको वक्तव्यमा पूर्व राष्ट्रपति लुलाले कुनै गलत कार्य नगरेको र कानुनी जालोबाट पीडित मात्र बनाइएको जिकिर गरेका छन् । उनीहरुले लुलाको राजनीतिक जीवन समाप्त पार्न कानुनी अडचन झिकेर फसाइएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतमा नयाँ आदेशको पक्ष र विपक्षमा न्यायाधीशहरु बाँडिएका थिए । मतविभाजनका आधारमा गरिएको निर्णयमा तीन वर्ष पहिलेको आदेशलाई उल्ट्याउने पक्षमा ६ र विपक्षमा ५ मत परेको थियो । “कार वास” नामको एक अनुसन्धानमा पूर्व राष्ट्रपति लुलाको संलग्नता रहेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

अदालतको आदेश जेजस्तो भए पनि अभियोजनकर्ता सरकारी वकीलहरुले लुला विरुद्धको भ्रष्टाचार छानबिनलाई निरन्तरता दिने बताएका छन् । आमजनताले पनि ब्राजिलमा मौलाएको भ्रष्टाचारका कारण दैनिक जीवन कष्टकर बनेको तथा राष्ट्रको प्रतिष्ठा रसातलमा पुगेको भन्दै आक्रोश पोख्दै आएका छन् ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोजे एन्टोनियो डायास टोफोलीले नयाँ आदेशको पक्षमा मतदान गर्नुभएको थियो, यद्यपी ठूलो संख्याका राजनीतिक नेताहरुले सर्वोच्चको पूर्व निर्णयलाई यथावत राख्न अनुरोध गरेका थिए ।

अदालतले यही प्रकृतिका मुद्दामा जेलजीवन व्यतित गरिरहेका पाँच हजारभन्दा बढीको सुनुवाई गर्नु पर्नेछ । तर हिंसात्मक अपराधमा दोषी ठहर भएका व्यक्तिका सन्दर्भमा भने यो आदेश कार्यान्वयनमा आउने छैन ।

सर्वोच्च अदालतमा नयाँ आदेशको विपक्षमा मतदान गरेका न्यायाधीश लुइस रोबर्टो बारोसोले पछिल्लो व्यवस्था गरिबका लागि नभई धनीहरुका लागि फलदायी हुने दाबी गर्नुभयो ।

लुलाले स्थापना गरेको वर्कर्स पार्टीका सभापति ग्लेसी होफमानले क्रुरताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूहरु न्यायका लागि भएको संघर्षलाई निरन्तरता दिने र सत्यको अवश्य विजय हुनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचन : बागलुङमा सरगर्मी, घरदैलोमा मत माग्न व्यस्त उम्मेदवार

बागलुङ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बागलुङमा सरगर्मी बढ्दै गइरहेको

जापानमा महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” !

काठमाडौँ । जापानमा महिलाहरूलाई काम जाँदा चस्मा लगाउन “प्रतिबन्ध” लगाइएको छ । कम्पनीहरूले

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

काठमाडौं ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन श्रममन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक