२२ कार्तिक २०७६, शुक्रबार १६:०३

आलम प्रकरण उदेकलाग्दो ट्वीस्ट : अख्तरको पत्नी भन्छिन्, ‘मेराे पति मारिएका छैनन्’


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १६:०३

काठमाडौँ । हत्याको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मत आफताब आलमको थुनछेक बहस जारी रहेको छ । आलमको थुनछेक बहस चलिरहदाँ प्रकरणमा नयाँ ट्वीस्ट देखिएको छ ।

आलमले इटाभट्टमा हालेर जिउँदै जलाएको भनिएका अख्तरकी पत्नी अमन खातुनले ओसीको उनको हत्या नभएको बताएकी छिन् । उनको मृत्यु नभइ, वैदेशिक रोजगारीमा गएर नफर्केको बताएकी हुन् ।

त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि आलमलाई प्रहरीले पक्राउ गरेको थियो । उनले जिल्ला अदालत, रौतहटमा पुगेर पति वैदेशिक रोजगारीमा गएर नफर्केको भन्दै निवेदन दिएकी हुन् । तर, निवेदन दर्ता नभइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस