२२ कार्तिक २०७६, शुक्रबार १४:५७

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १४:५७

काठमाडौं । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले बिहीबारै प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरु बङ्गलादेशका रहेका पनि खुलेको छ ।

उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् ।

त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य शहरहरुबाट पनि पक्राउ पर्ने गरेका छन् ।

तर पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले विगत लामो समयदेखि नै यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ ।

उक्त देश सन् २०११ देखि नै असुरक्षित हुदै आएको बताइएको छ । जसका कारण सो देशबाट दशौँ हजार जना विदेशी नागरिक पक्राउ परेका छन् ।

सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ ।

प्रतिक्रिया दिनुहोस
जापानमा महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” !

काठमाडौँ । जापानमा महिलाहरूलाई काम जाँदा चस्मा लगाउन “प्रतिबन्ध” लगाइएको छ । कम्पनीहरूले

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

काठमाडौं ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन

क्यालिफोर्नियाको विद्यालयमा गोली चल्दा ५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको

पूर्वी चीनमा आगलागीमा परी पाँचको मृत्यु

काठमाडौँ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा