परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली निर्देशक पम्पालोनीबीच शिष्टाचार भेटभाट

काठमाडौँ । एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शिष्टाचार भेटभाट भएको छ । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा रहेकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको कार्यकक्षमा शिष्टाचार भेटघाट गरेकी छन् ।

शिष्टाचार भेटघाटमा नेपाल–युरोपेली सङ्घ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उनीहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्राय जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?