उपसचिवबाट अवकास पाएको चार दिनमै कुँवरद्वारा उम्मेद्वारी दर्ता

काठमाडौं । आगामी मंसिरमा हुन लागेको कास्की-२ प्रतिनिधि सभाको उपनिर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवारी दिएका छन्। कमलजंग कुँवरले स्वतन्त्र उम्मेदवार उमेदवारी दर्ता गराएका हुन्।

कुँवरले उपसचिवबाट अवकास पाएको चार दिनमै सांसदमा उम्मेदवारी दिएका छन् । उनी पहिले चितवन राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भएर काम गरि सकेका भने , चितवनमा हुँदा उनले गैंडा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

शिवपुरी प्रमुख संरक्षण अधिकृत हुँदा उनले ओशो तपोवनले धार्मिक वनका नाममा लिएको २२ रोपनी ६ आना जग्गा निकुञ्जलाई फिर्ता गराउने निर्णय गरेका थिए।

पछिल्लो समय राष्ट्रिय निकुञ्ज विभागमा उपसचिव रहेका कुँवरले कात्तिक १७ गते मात्रै अवकास पाएका थिए।

यस क्षेत्रमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई उम्मेदवार बनेकी छन्। भट्टराई तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन्। गत फागुनमा अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की-२ सांसदविहीन भएको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दिएका छन्। मंसिर १४ मा यी दुई उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ। तर अरू उम्मेदवारले पनि कास्की २ मा आफ्नो दाबी पेस गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?