काठमाडाै । आगामी मंसिरमा हुन लागेकझ प्रदेश सभा अन्तर्गत बाग्लुङ २ (ख) मा नेकपाका स्थानीय नेता शेरमान घर्तीले वागी उम्मेदवार दिएका छन्।
वाम गठबन्धनबाट बिद्रोह गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता हुन्। घर्ती मगरको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल रहेका छन्।
घर्ती १२ वर्ष राजमोमै सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए ।
साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार थिए। उनले १ हजार ४ सय मत प्राप्त गरेका थिए।
सो क्षेत्रमा बामपन्थी दलहरुबीच चुनावी तालमेल रहेको छ। नेकपाले सो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाडेको छ। राजमोको तर्फबाट खिमविक्रम शाही उम्मेदवार रहेका छन्। प्रदेशसभाको राजमोका सांसद रहेका टेकबहादुर घर्तीको निधन भएपछि सो क्षेत्रमा मंसिर १४ मा उप निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया