भक्तपुर । साझा पार्टीले भक्तपुरमा उमेदवारी दर्ता गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं. १ ‘क’ मा पार्टीका तर्फवाट सामाजिक अभियन्ता तथा उद्धमी सुरज प्रधानले उमेदवारी दर्ता गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गर्नु अघि साझाले सिद्ध पोखरीबाट पार्टीका केन्द्रिय नेता तथा अभियन्ताहरु सहितको मौन जुलुस प्रदर्शन गरेको थियो । मौन र्यालीमा पार्टीका नेताहरु किशोर थापा, समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, शोभा शाक्य, केशब दाहाल,मानबी पौडेल, शरदराज पाठक लगायतको सहभागिता थियो ।
राष्ट्रिय झन्डा, पार्टीको झन्डा र सांकेतिक तराजु सहितको र्यालीको यात्रु तथा सवारी साधनलाइ सहजकासाथ आवतजावत गराएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्नु अघि पार्टीकी नेता समीक्षा बास्कोटाले उमेदवार सुरज प्रधानलाइ माटोको टिका लगाएर बिजयीको शुभकामना दिएको थिए । प्रधान वातावरण अभियन्ता उद्धमी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया