थाहा पाउनुभयो ? अब युएई जान ‘फ्रि’ मा पाईन्छ

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरिटेस् (यूएई) बीच भएको सम्झौता कार्यान्यनमा आएसँगै नेपाली कामदारहरु शुन्य लागतमा युएई जान पाउने भएका छन् ।

नेपाल र यूएईबीच असारमा भएको श्रम सम्झौता सोमबार कार्यान्वयनमा आएसँगै कामदार निःशुल्क जान पाउने भएका हुन्। सोमबार सम्पन्न दुई देशबीचको संयुक्त कार्य समूहको पहिलो बैठकले प्रक्रिया र विषयगत लागत टुंगो लगाएको हो। सहमतिअनुसार अब कामदारले अभिमुखीकरण शुल्कका लागि सात सय, कल्याणकारी कोषमा बुझाउनुपर्ने एक हजार पाँच सय रुपैयाँ र उमेरअनुसार हुने बिमा रकमबाहेक अरु कुनै शुल्क तिर्नुनपर्ने भएको छ।

म्यानपावर व्यवसायीलाई दिने सेवा शुल्कसहित अन्य सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरि सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल र यूएईबीच गत जुनमा सम्पन श्रम समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यूएईको प्रतिनिधिमण्डल शनिबार नै नेपाल आइपुगेको थियो। बैठकमा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले र यूएईका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दुल्लाह अल नुवाइमी नेपाल आउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?