मुख्य सहरमा बढ्दै गएको जनसंख्याको चाप कम गर्न तथा आप्रवासीलाई दुर्गम क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले अस्ट्रेलियाले अध्यागमन नीतिमा परिवर्तन गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
एक सातापछि लागू हुने नयाँ नियममा अस्ट्रेलियाका दुई ठूला सहर पर्थ र गोल्डकोस्टसमेत दुर्गम क्षेत्रमा समेटिएको छ । खासगरी विद्यार्थी लक्षित परिवर्तनले सिड्नी, मेलबर्न र ब्रिस्बन सहरमा आउन खोज्ने वा अध्ययन गरिरहेका विद्यार्थीलाई दुर्गम क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
परिवर्तित नियमअनुसार दुर्गममा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययन सकेपछि दिइने पोस्ट स्टडी वर्क भिसामा थप सुविधा दिइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया