महराविरुद्धको अभियोगपत्रमा के छ ? पीडितको मोबाइल फुटाइदिए

सभामुखजस्तो गरिमामय पदमा आसीन कृष्णबहादुर महराले आफ्नो पदको दुरुपयोग गरी १२ असोजमा निजले सरकारले उपलब्ध गराएको जिम्मेवार सुरक्षाकर्मीलाई निवासबाट बाहिरिँदा यकिन जानकारी नदिएको उल्लेख छ ।
सभामुखले आफ्नो हैसियतको कुनै हेक्का नराखी सोको संवेदनशीलताप्रति बेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादकपदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोतल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबर्जस्ती मादकपदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबर्जस्ती करणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हबल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ । आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ ।

त्यस्तै, पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ । प्रहरीसमक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको उल्लेख गरिएको छ । राजधानी दैनिकमा खबर छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?