भ्रष्टाचार छानबिन गर्न सेनाले बनायो विशेष संयन्त्र

काठमाडौं । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ। जंगी अड्डाले त्यस्तो छानबिन गर्न निगरानी संयन्त्र (ओभरसाइट सेल) बनाएको छ।

जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भएरनभएको यकिन गर्न निरीक्षणाधिकृतको अध्यक्षतामा निगरानी सेल गठन गरेको हो। सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले निगरानी संयन्त्रले काम गर्न थालिसकेको बताए। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?