काठमाडौं। यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन् । कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन् । विभागका अनुसार ती दलबाट १० जना आरोहीले अनुमति पाएका छन् । सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । विभागका अनुसार २६ ओटा आरोहण दलका ३०१ जनाले अहिलेसम्म आरोहण अनुमति लिएका छन् । त्यसपछि मनास्लु हिमालका लागि २७ ओटा दलका २६४ जनाले अनुमति पाएका छन् । त्यसपछि हिमलुङ हिमालका लागि ९२, धम्पुसका लागि ७६ जना, सरिबुङका लागि ६० जनाले आरोहण अनुमति पाएको विभागले जानकारी दिएको छ । अङ्लोसाङ र सुरा पिक आरोहणका लागि एक–एक जना आरोहीले मात्र अनुमति लिएका छन् । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया