भारतद्वारा पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण

एजेन्सी । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ ।  गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको हो ३१ वटा भूउपग्रह सहितको पीएस्एल्वी–सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेका थिए त्यस्तै, संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ त्यसबाहेक सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन् यसअघि अघिल्लो वर्ष पीएसएलवी–सी ३९ नामक मिशन विफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?