१३ असार २०७९, सोमवार

भारतद्वारा पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण

२०७४,पुष,२८,शुक्रवार १०:०७

0
Shares

एजेन्सी । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ ।  गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको हो ३१ वटा भूउपग्रह सहितको पीएस्एल्वी–सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेका थिए त्यस्तै, संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ त्यसबाहेक सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन् यसअघि अघिल्लो वर्ष पीएसएलवी–सी ३९ नामक मिशन विफल भएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार १०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको

काठमाडौं । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको

बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर

श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत तथा ऊर्जा मन्त्री

ताजा समाचार