रौतहट विस्फोट प्रकरण : अनुसन्धान टुंग्याइँदै

रौतहट – बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ । घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ ।
१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ । प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरूका परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस बेलाको घटनामा मारिएकाको संख्या भने यकिन हुन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?