काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले युग सुहाउदो शिक्षा नीति चाहिने भन्दै वर्तमान नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको हो । सरकारले सबै वर्ग क्षेत्रको समान विकाश गर्न शिक्षा नीतिमा परिवर्तन र लगानी बढाउन आवश्यक रहेको पनि बताउनु भयो । शिक्षाको विकाशमा सरकारको लगानी बढाउदै लैजानु पर्ने आवश्यकता वर्तमान सरकारले महसुस गरेको पनि बताउनु भयो । देशको सम्वृद्धि र बिकाशको अभियानलाई शिक्षामा गरिने लगानीलाई वृद्धि नगरी सम्भव नहुने पनि बताउनु बताउनुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १५ ले एसइइ परिक्षामा उत्कृष्ट अंक सहित पास हुने बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया