जनप्रतिनिधि र पार्टी हातेमालो गरेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता नेपाल

बनेपा,-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

नेकपा काभ्रेपलाञ्चोकले आज बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता नेपालले सबै मिलेर काम गरे मात्रै सरकारका लागि काम गर्ने वातावरण निर्माण हुने ताए ।
“सबैले आ–आफ्नो जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन”, उनले भने, “जनभावनाअनुसार राष्ट्रिय योजना बनाएर देशको विकास गरेर अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता नेपालले दीर्घकालीन सोचका साथ अगाडि बढे मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताए । अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेकोउनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?