खारेजीमा परेका म्यानपावर कम्पनीको ठगी धन्दा पर्दाफास

काठमाडौँ। वैदेशिक रोजगार विभागले खारेजीमा परेर पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विदेश जाने युवासँग राहादानी र पैसा लिएका वैदेशिक रोजगार कम्पनी (म्यानपावर)लाई कारबाही गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्थाबमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका कम्पनीले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको भेटेपछि विभागले कारबाही गरेको हो ।
यसरी विभागको कारबाहीमा पर्नेमा काठमाडौँको चप्पल कारखानास्थित सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेड रहेको छ । विभागको टोलीले अनुगमनका क्रममा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेपछि उक्त कम्पनीको कार्यालयमा सिलबन्दी गरेको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?