हेडटी र अफ्रिकी देशहरुबारे ट्रम्पद्वारा अपमानजनक भाषा प्रयोग

एजेन्सी । दुई दलीय समहमतिका आधारमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हेडटी र अफ्रिकी देशहरुबारे अपमानजनक शब्दको प्रयोग गरेका छन् ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकका क्रममा ट्रम्पले किन ती देशका मानिसहरूलाई आफ्नो देशमा आउन दिनुपर्यो भनि प्रश्न उठाएका थिए अमेरिकी राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको बैठकका क्रममा उनले प्रयोग गरेको अशिष्ट शब्दले कतिपय सांसदहरूलाई नै चकित पारेको बताइएको छ उनले हेइटी, एल साल्भाडोर र अफ्रिकी देशविरुद्ध नराम्रो शब्द प्रयोग गर्दै त्यहाँका भन्दा बरू नर्वेका मानिसहरूलाई आफ्नो देशमा लिँदा हुने बताए वासिङ्टन पोष्ट पत्रिकाका अनुसार, रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूलाई ट्रम्पले किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ आउन दिने भनि प्रश्न गरेका थिए उनले त्यसपछि स्पष्ट रुपमा किन नर्वेजस्ता देशका मानिसहरू यहाँ नआउने भनेका थिए । ट्रम्पले यसै साताको शुरूमा नर्वेका प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?